arrow

नेकपामा वामदेब र नारायणकाजीलाई पनि मन्त्री बनाउने छलफल शुरु

सबै मन्त्री फेर्ने तयारीमा नेकपामा छलफल शुरु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
ncp-meeting-perisdada.jpg

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरु परिवर्तन गरेर नयाँलाई पालो दिन प्रस्ताव गरिएको छ ।

पूर्व माओवादीको कार्यालय रहेको पेरिसडाँडामा आइतबार बसेको पार्टी सचिवालयको बैठकमा सचिवालयका अधिकांश सदस्यहरुले अहिले भएका मन्त्रीहरुबाट आउटपुट नआएको भन्दै उनीहरुलाई परिवर्तन गरेर नयाँलाई पालो दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका हुन् ।

दुई दुई पटक चुनाव जितेर पनि कुनै पनि जिम्मेवारी नपाएका नेताहरुलाई मन्त्रीमा लगेर उनीहरुको परीक्षण गर्न सुझाव वैठकमा दिइएको थियो ।

चार घण्टा लामो बैठकमा झलनाथ खनाल, माधवकुमार नेपालले अहिले भैरहेका सबै मन्त्री फेर्न सुझाव दिएको स्रोतले जनाएको छ । प्राथमिकताक्रम निर्धारण गरेर, योग्यता, क्षमता, क्षेत्र, समूदाय हेरेर मन्त्री नियुक्त गर्न पनि सुझाव दिएका छन् । पार्टीहरु नेताहरुलाई पनि समावेश गरेर जान सुझाव दिन आग्रह गरेका थिए । 

सचिवालय बैठकमा वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रीमा समावेश गरेर लैजान सुझाव दिइएको थियो । सचिवालयका सबै सदस्यहरुलाई सरकारमा लैजाने कि नलैजाने भन्ने बारेमा पनि छलफल भएको स्रोतको दावी छ । 

मन्त्रीको भूमिकामा रहेका सचिवालय सदस्यहरू गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलले पनि मापदण्ड, कार्यविधि बनाएर मन्त्रिपरिषद् हेरफेर गर्न सुझाएका थिए ।

सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्तिको मापदण्ड तय गर्ने, संगठन विभागले यसअघि गरेका निर्णयको अनुमोदन, स्थायी कमिटी, केन्द्रीय कमिटीमा रित्त रहेका सदस्यहरूको पदपूर्ति लगायतका कार्यसूची रहेका छन् ।

नेकपाले केन्द्रीय कमिटीका सदस्यहरूलाई पारिश्रमिक दिनेसमेत तयारी गरेको छ । यसबारेमा पनि यो सचिवालय बैठकमा विस्तृतमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमालेले यसअघि केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक उपलब्ध गराउने गर्थ्यो । अरू साना कम्युनिस्ट पार्टीहरूले पनि यसको अभ्यास गर्दै आएका छन् । यसको मापदण्ड र कार्यविधि सचिवालय बैठकले नै तय गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ