arrow

डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै यूथ कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

यूथ कांग्रेस प्रदेश नं २ मा विस्तार हुँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ४ आइतबार
youth-congress-memorandum.jpg

काठमाडौं। १९ औं सत्याग्रहमा रहेका डा गोविन्द केसीको माग पुरा गरि उनको जीवनरक्षाको पहल गर्न माग गर्दै यूथ कांग्रेसले देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। डा केसीको मागमा ऐक्यबद्धता जनाउँदै यूथ कांग्रेसले चरणबद्ध आन्दोलनमा उत्रने केन्द्रीय सदस्य विद्युत लामिछानेले जानकारी दिए ।

यूथ कांग्रेस प्रदेश नं २ मा विस्तार हुँदै
यूथ कांग्रेस नेपाल प्रदेश नं. २ ले सङ्गठन विस्तार गरेको छ । संगठनको प्रदेश सचिवमा सर्लाहीका प्रभात ठाकुर, सदस्यहरुमा पर्साका राहुल गुप्ता र सर्लाहीका नुरी मिकरानी चयन भएका छन् ।

त्यसैगरि सर्लाही जिल्लाको लागि कुमोद साह र महोत्तरीको लागि निरज शर्मालाई संयोजकमा नियुक्त गरिएको छ ।

यूथ कांग्रेस नेपालले लोकतान्त्रिक समाजवादका सिद्धान्तहरूको असफल पुराना अभ्यासहरूको परिवर्तनका सवालमा वकालत गर्दै विधिको शासन, राष्ट्रियता, प्रगतिशिल, स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त समानताको हकलाई प्रश्रय दिने लक्ष्यका साथ विगत ३ बर्षदेखि युवा राजनीति र लोकतन्त्र सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

संस्थाले देशव्यापी रुपमा उच्च अध्ययन गरि सामाजिक क्षेत्रमा सेवा गर्दै आइरहेका र नेपालमा लोकतान्त्रिक विचारधाराप्रति आस्था राख्ने युवाहरुको संगठन निर्माण गर्ने वताएकाे छ । संस्थाको हालको कार्यक्रमहरुमा राजनीतिक शिक्षा (पोलिटिकल लिट्रेसि), संगठन र युवाहरुको राजनैतिक क्षमता अभिवृद्धी तथा देशव्यापी रुपमा विधिको शासन तथा लोकतान्त्रिक पद्धती निर्माणका लागि अभियानहरु संचालन गर्ने लक्ष्य राखेको छ।

नव नियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत गर्दै यूथ कांग्रेस नेपालका प्रदेश संयोजक रमेश कुमार राजले पुर्खाहरु लोकतनत्रका लागि लडेको उल्लेख गर्दै लोकतन्त्रलाई जीवनशैली बनाउन आफ्नो पुस्ता लडिरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ