arrow

डा गोविन्द केसीको सत्याग्रहमा नेविसंघको ऐक्यवद्धता, माग संवोधन गर्न जोडदार माग

माग सम्बोधन गर्नुको सट्टा जबरजस्ती र दुर्ब्यबहार गर्दै अनसनस्थलबाट उठाउनु सत्ता र शक्तिको आडमा गलाउने, धम्क्याउने लगायतका अमानवीय व्यबहार प्रदर्शन गर्नु दुःखद विषय

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आमरण अनसनरत डा गोविन्द केसीको १९ औं सत्याग्रहमा ऐक्यवद्धता जनाएको छ ।

स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधार तथा परिवर्तनका निम्ति पटक–पटक अनसन बसेका डा केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै नेविसंघले उनले राखेका जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग जोडदार माग समेत गरेको छ । 

एक सातादेखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका मागसहित पुनः अनसनमा बसेका डा केसीका माग सरकारले सम्वोधन नगरेको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
  
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले अनसनका कारण डा केसीको स्वास्थ्य स्थिति कमजोर हुँदा पनि सरकारले माग सम्बोधन गर्नुको सट्टा जबरजस्ती र दुर्ब्यबहार गर्दै अनसनस्थलबाट उठाउनु सत्ता र शक्तिको आडमा गलाउने, धम्क्याउने लगायतका अमानवीय  व्यबहार प्रदर्शन गर्नु दुःखद  विषय भएको बताए । 

नेविसंघले विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज पहुँच र विपन्न परिवारका छोराछोरीले सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न पाउनु पर्दछ भन्ने उद्देश्यका साथ जारी सत्याग्रहप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै डा केसीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उनको जीवन रक्षाको लागि सरकार समक्ष जोडदार मागसमेत गरेको छ । 

त्यसैगरी अनसनरत डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ