arrow

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न नेविसंघको माग

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
nepal-student-union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्व विद्यालयलाई वार्ता र संवादका माध्यमबाट सबै समस्याका समाधान खोज्न पुन: माग गरेको छ ।  विगतमा नेविसंघ लगायत प्राध्यापक एवं सरोकारवाला हरुले त्रिवि का तमाम वेथिति अन्त्यको लागि आवाज उठाउँदै ज्ञापन पत्र वुझाउँदा पनि ती सवै जायज मागहरुलाई लत्याउने, वार्ता र संवाद गरी समस्या टुंग्याउनु को सट्टा प्रहरी प्रशासन लगाइ उल्टै धरपकड गरिएको नेविसंघले जनाएको छ। 

सोमबार नेविसंघ अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति जारी गरि  विश्व विद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको बताएका छन् ।  अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,' सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त वन्द गरोस् । हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीको विरुद्ध निर्णायक आन्दोलन गर्न वाध्य हुनेछौं ।' 

साथै महामन्त्री दीपक भटृराईले भने,' हामी संकटमा छौ। शिक्षा क्षेत्र नराम्रो सँग थलिएको छ। यसको सुधारका निम्ति त्रिवि नेतृत्वसँग न कुनै योजना छ न हामीले भनेको सुन्छ,उल्टो विधार्थीहरूले जायज़ माँग राख्दा झुटा मुद्दा लगाई प्राज्ञिक थलोंलाई ब्यारेक बनाउन खोज्दै छ। हिजोका निरंकुशले जस्तो पुलिस लगाएर विधार्थी तर्साउने कोशिश गर्दैछ जुन हतियार हिजै असफल भै सक्यो।'

प्रेस विज्ञप्ति
त्रिभुवन विश्व विद्यालयलाई प्राज्ञिक र शैक्षिक उन्नयनको थलो नभई नेकपाको भर्ती केन्द्रका रुपमा विकास गर्ने एक मात्र निहित राजनैतिक उद्देश्यका साथ उपकुलपति नियुक्त भएर आएका वर्तमान उपकुलपति त्रिवि मा आए पश्चात त्रिवि शैक्षिक थलो भन्दा पनि राजनैतिक अखडामा परिणत भएको सर्व विदितै छ । उपकुलपति भएर त्रिवि को शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित गर्नु को सट्टा सत्ताको चरम दुरुपयोग गर्दै नेपाल विद्यार्थी सघंका नेता कार्यकर्तालाई झुठा मुद्दा लगाई थुनाउने तथा आफुसँग असहमत प्राध्यापकहरुलाई समेत झुठा मुद्दा लगाएर दु:ख दिनु उपकुलपतिको दिनचर्या भएको छ ।

त्रिवि परिसरमा सयौंका संख्यामा प्रहरी उपस्थित गराइ विद्यार्थी तथा प्राध्यापकहरुलाइ आतंकित पार्ने कार्यको नेविसंघ घोर भत्सर्ना गर्दछ ‌। विश्व विद्यालय शैक्षिक
तपोभूमि हो, प्रहरीको परेड खेलाउने स्थल हैन । विद्यार्थी तथा प्राध्यापकलाई राज्य आतंकको भरमा तह लगाउँछु भन्ने सोच राख्ने उपकुलपतिले यो वुझुन् कि ठूला तानाशाह लाइ परास्त गर्ने विद्यार्थी तागतको अघि सत्ताको तावेदारीमा रमाउने यस्ता भिजिलान्ते उपकुलपति सामान्य कसिंगर सरह मात्र हुन् । 

विगतमा नेपाल विद्यार्थी संघ लगायत प्राध्यापक एवं सरोकारवाला हरुले त्रिवि का तमाम वेथिति अन्त्यको लागि आवाज उठाउँदै ज्ञापन पत्र वुझाउँदा पनि ती सवै जायज मागहरुलाई लत्याउने, वार्ता र संवाद गरी समस्या टुंग्याउनु को सट्टा प्रहरी प्रशासन लगाइ उल्टै धरपकड गर्ने निकृष्ट कार्य गर्न उद्धत वर्तमान उपकुलपतिको पतन निश्चित छ । 

वार्ता र संवादका माध्यमबाट त्रिविका सबै समस्याका समाधान खोज्न नेविसंघ फेरि पनि जोडदार माग गर्दछ । विश्व विद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरुन्त वन्द गरोस् । हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीको विरुद्ध निर्णायक आन्दोलन गर्न वाध्य हुनेछौं । 
राजिव ढुंगाना 
अध्यक्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ