arrow

संक्रमणबाट ११ जिल्लाका १६ जनाको निधन

logo
प्रकाशित २०७७ असोज ५ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौँ । कोभिड –१९को संक्रमणबाट सोमबार एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको निधन भएको जानकारी  दिए । जसमा तीन  महिला र १३ पुरुष छन् । 

यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपालमा संक्रमणबाट निधन हुने संक्रमितमध्येबाट ०.७ प्रतिशत हो । मुलुकमा अहिलेसम्म ६५ हजार २७६ जनामा संक्रमण देखिएको छ । 

सोमबार निधन हुनेमा काठमाडौ जिल्लाका ५८ र ७३ वर्षीय पुरुष, भक्तपुरका ८४ र ६२ वर्षीय पुरुष तथा ललितपुरका ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष छन् ।  यस्तै झापाका ७२ वर्षीय पुरुष, सुनसरीका ४९ वर्षीय पुरुष, पर्साका ८८ वर्षीय पुरुष, मकवानपुरका १७ वर्षीया  महिला र ६८ वर्षीय पुरुष, चितवनका ५५ वर्षीय पुरुष, दोलखाकी ५२ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीय पुरुष तथा  बाँकेका ५० र ५९ वर्षीय पुरुष छन् ।  यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना संक्रमणमुक्त भई घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ