arrow

दुई दर्जन पत्रकारलाई प्रेस काउन्सिलले पुरस्कृत गर्दै

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
press-council.jpg.jpeg

काठमाडौं । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

काउन्सिलको ५१ औँ वर्ष प्रवेश अवसरमा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो । २०२७ साल असोज ६ गते काउन्सिल स्थापना भएको हो । सो पुरस्कारको राशि एक लाख ५१ हजार रूपियाँ रहेको छ । 

यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि एक लाख १० हजार रूपियाँ रहेको छ । 

प्रेस काउन्सिल नेपालले दिएको जानकारी अनुसार ५० हजार रूपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिने भएको छ ।

यस्तै, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार सात जनालाई प्रदान गरिने भएको छ । 

सो पुरस्कार प्राप्त गर्नेहरूमा झापाका गोविन्द क्षेत्री, काठमाडौँका राजन कार्की, धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ) हुन् । 
 
त्यस्तै, १५ हजार रूपियाँ राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १३ जनाले प्रदान गरिने भएको छ । सो पुरस्कार सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु विक (सिरहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (कास्की) र शान्ता कमली (लमजुङ) लाई प्रदान गरिने भएको छ । 

यसैगरी, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादक–प्रकाशक नवराज रिजाललाई प्रदान गरिने भएको छ ।

त्यस्तै, २० हजार रूपियाँ राशिको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गणेश राई (वाम्बुले राई भाषा) लाई प्रदान गरिने भएको छ । 

त्यस्तै, कर्मचारीतर्फ सविता ढकाल र शिवजीप्रसाद पराजुलीलाई प्रेस काउन्सिल उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिने भएको छ । 

सो पुरस्कारको राशि जनही २० हजार रूपियाँको छ । गीता कठायत र शिवकुमार खड्कालाई प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ