arrow

त्रिविविबाट नेविसंघका विद्यार्थी नेताहरु गिरफ्तार

तत्काल रिहा गरी वार्ताको वातावरण बनाउन माग, व्यवस्थापन गम्भीर नभए उत्पन्न परिस्थितिको सामना गर्न तयार रहन चेतावनी

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
nebisangh-arrest.jpg

काठमाडौं । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले गरेको आन्दोलन थप सशक्त भएको छ । आन्दोलनका क्रममा मंगलबार बिहान नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावल, नेविसंघ नेता दिपक ओझा, रुपेश शाह लगायत नेताहरूलाई त्रिभुवन विश्वविद्यालयबाट प्रहरीले गिरफ्तार गरेको छ। 

विश्वविद्यालयमा ब्याप्त विकृति, बिसंगति, बेथिति, भ्रष्टचार एवंं विश्वविद्यालयलाई  नेकपाका कार्यकर्ता भर्तीकेन्द्र बनाउने र कब्जा गर्ने दुषित मनशायका विरुद्ध उत्रिएका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

नेविसंघ त्रिवि समितिका नेताहरुले स्थानिय स्तरमा गरिरहेका र गर्ने सबैखाले शान्तिपूर्ण प्रदर्शन र गतिबिधि प्रति नेविसंघ केन्द्रीय समितिले पूर्णरुपले ऐक्यवद्धता जनाएको छ । 

वार्ता, संवाद, छलफल र समन्वयमार्फत सामाधान पहिल्याउनुको साटो उल्टै विद्यार्थीमाथि दमन, धरपक्कड र प्रहरी प्रशासनको बलमा आफ्नो कुत्सित मनशाय पूर्ति गर्ने खेलमा विश्वविद्यालय उद्यत भएको नेविसंघ केन्द्रले जनाएको छ । 

नेविसंघले पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न तथा वार्ता र संवाद मार्फत जायज मागहरु पूरा गर्न विश्वविद्यालयको गम्भिर ध्यानाकर्षण गराएको छ । 

नेविसंघ केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले त्रिवि व्यवस्थापन गम्भीर नभए यसबाट उत्पन्न हुने सबै परिस्थितिको सामना गर्न तयार रहन गम्भीर चेतावानी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ