arrow

सत्याग्रही कमाण्डर आचार्य आइसीयूमा, मुटु र मिर्गौलापछि फोक्सोमा समस्या

logo
प्रकाशित २०७७ असोज ६ मंगलबार
yagya-acharya1.jpg

काठमाडौं । पुराना राजनीतिज्ञ तथा कथाकार  यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन् ।  मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । 

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेर्‍हथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन् । 

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ ।

 उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो । 

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मनुभएका आचार्य प्रवेशिका र स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ