arrow

वामदेव गौतमको रिटको सुनुवाई, के गर्ला अदालतले ? 

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
bamdev-gautam.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सांसद वामदेव गौतमव विरुद्धको रिटको सुनुवाइ बुधबार हुँदैछ । 

सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो । सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य दुई जनाले दायर गरेको रिटको पेसी बुधबार तोकिएको हो । 

न्यायाधीश डा. आनन्द मोहन भट्टराईको इजलासमा सुनुवाइ हुन लागेको त्रिपाठीले जानकारी दिए । उनले बिहान ११ बजे सुरुमै सुनुवाईको पालो रहेको पनि बताए ।

उनले रिट निवेदनको एकैपटक सुनुवाइ हुने र गौतमको मन्त्री बन्ने नबन्ने फैसला हुने बताए । 

गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन संविधानविपरीत भएको र तथा उनलाई मन्त्री नबनाउन मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरिएको हो । 

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति राष्ट्रिय सभामा मनोनित भएको र मन्त्री बन्न लागेको भन्दै त्रिपाठीसहितका अधिवक्ताहरु सर्वोच्च पुगेका हुन् ।

गौतम २०७४ सालको निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसका संजय गौतमसँग पराजित भएका थिए । 

यसअघि डा. बाबुराम भट्टराईसँग पराजित भएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभा सदस्य छन् । 

गौतम र श्रेष्ठ मन्त्रीको लाइनमा रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ