arrow

कोरोनाको बढी मारमा अपाङ्गता भएका व्यक्ति, विशेष ध्यान दिन आग्रह

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
covid-test-corona.jpg

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले कोभिड–१९ को महामारीबाट अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदाय बढी मारमा परिरहेको उल्लेख गर्दै उनीहरुको समस्या तत्काल समाधान गर्न विशेष ध्यान दिन पनि प्रदेश, स्थानीय सरकार र सरोकारवाला सबै निकायलाई आग्रह गरे । 

४१औँ सामाजिक सेवा दिवसको अवसर पारेर अपाङ्गता भएका महिलाको महासङ्घ, नेपालले यहाँ बुधबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको भावना, अपेक्षा र सपना पूरा गर्न सरकारले राष्ट्रिय अपाङ्गता महासङ्घ–नेपाल, प्रदेश र स्थानीय सरकार तथा सम्बन्धित सामाजिक सङ्घसंस्थासँग सहकार्यका साथ काम गरिरहेको बताए ।
 
“सामाजिक सङ्घसंस्था परिचालन गरेर पनि अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री गुरुङले भने, “उनीहरुको समस्या समाधानका लागि प्रदेश र स्थानीय सरकारलाई विशेष ध्यान दिन आग्रह गर्दछु ।”
 
उनले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको सेवा र सुविधा कटौती हुन नदिने दृढता व्यक्त गरे । त्यसका लागि गृह मन्त्रालयलाई आवश्यकतानुसार ध्यानाकर्षण गराउने काम भइरहेको मन्त्री गुरुङले स्मरण गराए ।
 
महासङ्घकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिको समस्या समाधानमा विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री गुरुङप्रति आभार व्यक्त गरेकी थिइन्। सोही अवसरमा उनले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिले सहायक सामग्रीको समेत व्यवस्था गर्न नसकेको उल्लेख गर्दै त्यसको उचित व्यवस्था गरीदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ