arrow

डा केसीसँग तत्काल वार्ता शुरु गर्न अपिल

logo
प्रकाशित २०७७ असोज ७ बुधबार
dr-kc-bheri.PNG

काठमाडौँ । नेपाली कांग्रेसले अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्यमा देखिएको बढ्दो प्रतिकूलता दृष्टिगत गरी ‘इमान्दार वार्ता र सार्थक कार्यान्वयन’मा तदारुकता प्रस्तुत गर्न सरकारसँग अपिल गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार  विज्ञप्तिमार्फत  कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, सुधारका लागि उच्चस्तरीय माथेमा कार्यदल बनाइएको र प्रा डा केसीका माग पूरा गर्दै जारी गरिएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४  ले मार्गप्रशस्त गरेकाले वर्तमान सरकारले इमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेलासम्म फरक उचाइमा पुगिसकेको हुने जनाएका छन्  ।

डा केसीको अहिलेको अनशनका समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारसँग कांग्रेसले अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ