arrow

डाक्टर केसीको जीवनरक्षाको माग गर्दै मानवअधिकार आयोग पुग्यो यूथ कांग्रेस

मानवअधिकार हनन गर्नेलाई कार्वाहीको समेत माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ७ बुधबार
youth-congress-hr.jpg

काठमाडौं। सत्याग्रहमा रहेका डा गोविन्द केसीलाई प्रहरी प्रशासनले बल प्रयोग गरी काठमाडौं एयरपोर्टबाट जबरजस्ती गाडिमा हाली वीर अस्पालको ट्रमा सेन्टर लगेको बिषयमा मानवअधिकारको हनन भएको भन्दै यूथ कांग्रेसले मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।

प्रहरीले गाडिबाटै जबरजस्ती निकालेर डा केसीलाई वीर अस्पालको ट्रमा सेन्टर लगेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै यूथ कांग्रेसले अनशनरत भएकै अवस्थामा स्वास्थ्य नाजुक हुँदाहुँदै केहि संयमता नदेखाई र स्वयं डा केसीले नचाहँदा नचाहँदै प्रहरीहरुले निर्ममतापूर्वक हस्तक्षेप गरि ट्रमा सेन्टर लगेको यूथ कांग्रेसको ठहर छ। 

प्रहरीले मंगलवार देखाएको हर्कत नेपालको लोकतान्त्रिक संविधान, नेपाल पक्ष भई अनुमोदन गरेका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन र महासन्धीहरु विपरित भएकोले सो कार्यलाई गम्भीरतापूर्वक लिन यूथ कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो ।

नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा ७ ले कसैलाई पनि क्रुर, अमानविय वा अपमानजनक व्यवहार गर्न नहुने भनि स्पष्ट लेख्दा लेख्दै नेपाल सरकारले आफूले नै अनुमोदन गरेको महासन्धी विपरित बारम्बार कार्य गरिरहको स्मरण गराउँदै यूथ कांग्रेसले आयोगलाई ठोस कदम चाल्न अनुरोध गरेको छ ।

आयोगमा पुगेर आफूहरुले अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थलाई असर पर्ने कुनै कानुनविपरीत कार्य नगराउन पहल गर्न र उहाँको जीवन रक्षाको लागि अग्रसर भई लाग्न अनुरोध गरेको यूथ कांग्रेसका संयोजक सचिन तिमिल्सेनाले बताए । 

यूथ कांग्रेसले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्ने मुख्य उद्देश्य बोकेको राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटना मानव अधिकार विरुद्द भएको हुँदा गम्भिर कदम चाल्न समेत अनुरोध गरेको छ।



नयाँ