मृगौला पीडित देवकोटाको उपचारार्थ अमेरिकाबाट दुई लाख २३ हजार सहयोग, तरुण दल अध्यक्षद्धारा आभार
प्रकाशित २०७७ असोज ८ बिहिबार
330
Shares
काठमाडौं । मृगौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ अमेरिकाबाट नेपाली कांग्रेस समर्थक उदार मनबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ ।
कांग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य शंकर खड्काको पहल र नेपाली कांग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरिकाबाट उक्त सहयोग संकलन गरिएको हो ।
प्रवासमा बसेर पनि संगठनका एक योद्धा प्रति यो अपार माया र सदभाव देखाएको भन्दै तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले ‘तपाईहरु सम्पूर्ण सहयोगी मनहरु प्रति नेपाल तरुण दल केन्द्रिय समिति मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार व्यक्त गर्दछ’ भनेका छन् ।
उनले देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
सहयोग गर्नेहरुको नामावली यसप्रकार छ–
१, हरिबोल भण्डारी
२, शंकर खड्का
३, विकास उप्रेती
४, गौरीराज जोशी
५, सुनिल शाह
६, अन्नत सुबेदी
७, प्रमोद सिटौला
८, गुप्ता जोशी
९, अमृत सापकोटा
१०, कृष्ण जीवी पन्त
११, उज्जवल खत्री
१२, राजु बम्जन
१३, अमृत कट्टेल
१४, रघु सुवेदी
१५, राजन त्रिपाठी
१६, प्रविन घिमिरे ।