arrow

खुल्यो अबरुद्ध मुग्लिन सडक

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
muglin--road.jpg.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । बिहिबार अपराह्न १२:५ बजे पहिरो पन्छाइएको हो । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९:२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । 

उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए ।

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ