arrow

महामन्त्री कोइराला संक्रमण मुक्त

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
sasanka-koirala-nc.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका छन् । उनको स्बाव परीक्षणका क्रममा बिहिबार नेगेटिभ देखिएको हो । 

गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् । 

कोभिड–१९ को संक्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उन अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ