arrow

उपत्यकामा ७५५ सहित थप चौध सय ९७ मा संक्रमण, १७ जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९७ कोभिड–१९ (कोरोना भाइरस) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो ।

 यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए।

त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ४५७ रहेको छ । हालसम्म ५० हजार ४११ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ ।  

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् । यो सङ्ख्या देशभर देखिएको कुल संक्रमितको ५० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा नेपालमा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै  कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ  हजार ८२३  कोरोना संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ