arrow

निर्वाचन समयमै हुनुपर्ने माग राख्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र

logo
प्रकाश बम,
प्रकाशित २०७७ असोज ८ बिहिबार
trade-union-letter.PNG

डोटी । आधिकारीक ट्रेड युनियनको दोस्रो निर्वाचन तोकिएको मितिमा गर्नु पर्ने माग राख्दै निजामती कर्मचारी युनियन संघ डोटीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय डोटी मार्फत निजामती कर्मचारी युनियन संघ डोटीले ज्ञापान पत्र बुझाएको हो।  

कर्मचारी युनियन संघ डोटी  शाखाका अध्यक्ष परमानन्द भट्टद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ´ निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको दोस्रो निर्वाचन यही असोज २४ गते तोकी सम्पुर्ण जिल्ला तथा विभागिय ईकाईहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको सम्पुर्ण तयारी पुरा भैसकेको अवस्थामा नेपाल सरकार तथा मन्त्री परिषदको कार्यालयले प्रस्तावित निर्वाचन हठात विनाकारण स्थगन गरेको निर्णयले संयुक्त कर्मचारीहरुको ध्यानाकर्षण  भएकोले कार्यकाल समाप्त भैसकेको अवस्थामा तुरुन्त निर्वाचन प्रक्रिया सुचारु गरी निर्वाचन मार्फत् नै आधिकारिक ट्रेड युनियनको गठन गर्न युनियन संघले जोडदार माग गरिएको छ।`

निर्वाचन घोषणा हुँदा प्रमुख निर्वाचन अधिकृत लगायत मनोनयन गर्दा नेपालको संघिय राजधानी लगायत देशभरमा निषेधाज्ञा जारी थियो ।अहिले सबै कर्मचारीहरु कार्यलयमा उपस्थित हुन निषेधाज्ञा हटेको छ । यस्तो अवस्थामा सरकारले वदनियत राखेको प्रष्ट हुन्छ, ज्ञापन पत्रमा उल्लेख छ।

 पेशागत संगठनको रुपमा आफ्नो प्रतिनिधि चयन गरेको अवस्थामा आउँदा आम कर्मचारी उत्साहित भई तयारी रहेको अवस्थामा निर्वाचन रोकिदा कर्मचारीहरु दु:खित छन् । निजामती क्षेत्रमा लोकतान्त्रिक पद्धतीमा आँच आउने कार्य कहि कतैबाट पनि हुनु हुँदैन कसैको आन्तरिक समस्या निर्बाचन प्रक्रिया अवरोध हुने कारण बन्न दिनुँहुँदेन र सरकारले शक्तिको उन्मातमा राज्यसत्ताको दुरुपयोग गर्नुहुँदैन निर्वाचन रोकिनु विधिको शासन विपरित र लोकतान्त्रिक मुल्य मान्यता विपरित कार्य हो ज्ञापन पत्रमा भनीएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय र प्रमुख निर्वाचन अधिकृत समेत संग राय सुझाव गरिएको निर्णय लजास्पद र अस्वभाविक छ, ज्ञापन पत्रमा भनीएको छ ।

निजामती कर्मचारी युनियन संघ डोटीले निर्वाचनमा पछिल्लो समय लोकसेवाबाट सिफारिस भएका किताबखानामा पद दर्ता रहेका सवास्थ्य संसद सेवा लगायतका कर्मचारीहरु समेतलाई निर्वाचनमा भागलिन नपाउने व्यवस्था मिलाई निर्वाचनको प्रकृया अभिलम्ब सुचारु गर्न पनि माग गरेको छ । मन्त्री परिषद बैठकले  मिती घोषणा नगरी निर्वाचनलाई अन्योलताको भुमरीमा फसाएको कुरामा पनि युनियन संघ जिल्ला शाखा डोटी खेद व्यक्त गर्दछ,ज्ञापनपत्रमा उल्लेख छ ।

अध्यक्ष भट्टद्वारा हस्ताक्षर ज्ञापन पत्रमा ,´कर्मचारी युनियन संघले देश व्यापी रुपमा गर्ने विरोध र सरकारले निर्वाचन विरुद्ध भए गरेका सरकारी निर्णय विरुद्ध हुने कार्यक्रमले पर्ने असरको जिम्मेवारी सरकार स्वयंमले नै व्यहोर्नु पर्ने कुरामा ध्यानाकर्षण  गराउँनुका साथै  मुख्य सचिव मार्फत आधिकारिक ट्रेड युनियनको निर्बाचन प्रकृया सुचारु राख्न अविलम्ब निर्वाचन अधिकृतको कार्यालय लगायत जिल्ला स्थित निर्वाचन कार्यालय समेत राखी रहन जोडदार ध्यान आर्कषण गरिएको छ। `



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ