arrow

 कांग्रेसका कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न गुल्मी प्रशासन सहमत

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
congress-gulmi.PNG

काठमाडौं । नेपाली कांग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी वार्तामा भएका सहमतीबारे जानकारी गराएको छ । बिहिबार जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरि गत मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलिय बैठकले गरेका सहमतीका बिषयमा जानकारी गराएको हो । 

केही दिनअघि रेसुङ्गा नगरपालिका–१२ मा रहेको रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो ।विवादले चरम उत्कर्ष रुप लिएपछि नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता कुटपिट गरि घाइते बनाएका थिए । 

आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई किटानी सहित जाहेरी दिँदा पनि प्रहरीले कुटपिटमा संलग्नलाई कारबाही नगरेपछि कांग्रेसले आन्दोलन थालेको थियो ।शान्तिपुर्ण रुपमा ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी लगायतका नेता, कार्यकर्ताहरु प्रहरीको दमनपछि घाइते भएका थिए । 

सोही बिषयलाई समाधानका लागि भएको वार्तामा कांग्रेसका कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न गुल्मी प्रशासन सहमत भएपछि गुल्मी कांग्रेसले धर्ना तथा आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । पत्रकार सम्मेलनमा कांग्रेसको आन्दोलनपछि प्रहरीले अभियुक्तहरुलाई समाई कानुनी प्रक्रियामा ल्याउने कार्य गरेको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए । उनले कांग्रेस हरेक समस्या शान्तीपुर्ण रुपमा निकाश चाहने देशको मुल पार्टी भएको बताए । तर सत्ताको प्रभावमा प्रहरीले उदासीनता देखाएपछि आन्दोनमा होमिनु परेको उल्लेख गरे । प्रहरी कमजोर हुदाँ प्रत्येक नागरिक कमजोर हुने बताउँदै कांग्रेसले पीडितलाई न्याय दिलाउनका लागि आवाज उठाई रहने उल्लेख गरे ।

यसअघि नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका थिए । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संङ्घर्षबाट विचलीत नहुने उल्लेख गरेका थिए । 

पत्रकार सम्मेलनमा कांग्रेस सचिवद्वोय खिलध्वज पन्थी, बिष्णु कुमारी सापकोटा, महासमिति सदस्य महेन्द्र प्रसाद भण्डारी, क्षेत्रिय सभापति भगतसिंह खड्का, रेसुङ्गा नगरसभापति छवि पाण्डे, प्रेस युनियन जिल्ला अध्यक्ष रेशम कुवँर, पत्रकार महासंघ गुल्मीका सचिव टोपलाल अर्याल, पूर्वअध्यक्ष जनार्दन घिमिरे लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ