arrow

युवती करणी गर्ने कविनलाई आठ वर्ष कैद

logo
प्रकाशित २०७७ असोज ८ बिहिबार
prisoner-jail.jpg

भरतपुर । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका –११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।

धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका –५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर –१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत  मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् । उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

यस्तै ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका– ९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ  । 

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका –१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका  सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ