arrow

तीन दिनपछि विद्युतका प्रमुख पौडेलको शव भेटियो

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
dead2.jpg

कपिलवस्तु । बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको छ । पौडेलको ३ दिनपछि शुक्रबार शव फेला परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । बेपत्ता पौडेलको ३ दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरी सहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो ।

पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको हो । ३ दिन देखी खोजीकार्य जारी राखेपनि नभेटिएपछि शुक्रबार दुबै तर्फ बाट बोटिङ गरी खोजी गर्ने तयारी थियो । पौडेलको शव भेटिएपछि बोटिङ पनि स्थगित गरिएको छ ।

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीप सहित ६ जनालाई बगाएको थियो । जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो । सोही दिन १ जनाको शव भेटिएपनि २ जना भने बेपत्ता थिए । बिहिबार थप एक जनाको शव भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ