arrow

तेजकुमारीको हत्यापछि हुलिया परिवर्तन गरेर हिडेका शिव समातिए

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
khukuri.jpg

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वृद्धाको हत्या भएको अवस्थामा शुक्रबार बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा फेला परेको थियो । उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । 

“घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएका छौं”, प्रहरी उपरिक्षक पौडेलले भने, “थप अनुसन्धान जारी छ ।”

ढकालको श्रीमान् र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ बजे ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर अन्यत्र दूध पुर्‍याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । भित्र हेर्दा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ