arrow

चीनको सिन्जियाङमा अनुमान गरिएभन्दा बढी यातना तथा हिरासत केन्द्र, थप गरिँदै हिरासत

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
uyghur-muslim-china.jpg

एजेन्सी। चीनको उत्तरपश्‍चिमी क्षेत्र सिन्जियाङमा यसअघि बताइएभन्दा हिरासत केन्द्रहरुको धेरै ठूलो नेटवर्क भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अस्ट्रेलियन थिंक ट्यांकले बिहीबार एक अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै हिरासत केन्द्रहरु बढाउने क्रम जारी रहेकोसमेत बताएको अलजजिराले जनाएको छ । 

तर, चीनले भने उइगर समुदायका लागि 'पुन:शिक्षा कार्यक्रम' कार्यक्रमहरु सुरु गरिरहेको बताएको छ । यद्पि उक्त हिरासत केन्द्रहरुमा लाखौं उइगर समुदायहरुलाई नियन्त्रणमा राखेर यातना दिने गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना भइरहेको छ । 

अस्ट्रेलियन रणनीतिक नीति संस्था (एसपीआई) ले उक्त क्षेत्रमा ३८० भन्दा बढी हिरासत केन्द्रहरु रहेको बताएको छ । संयुक्त राष्ट्र संघले उक्त हिरासत केन्द्रहरुमा करिब १० लाख अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरुलाई राखिएको बताएको थियो । 

चीनले भने उक्त शिविरहरुलाई 'आवधिक सिप प्रशिक्षण केन्द्रहरु' भएको र अतिवादको खतराको सामना गर्न यो आवश्यक भएको बताएको छ । उक्त क्षेत्रमा यसअघि अनुमान गरिएभन्दा करिब ४० प्रतिशत हिरासत केन्द्रहरु बढी भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । 

चीनले त्यहाँ प्रशिक्षार्थी राखेको र आवधिक सिप प्रशिक्षण केन्द्र भएको बताएको छ । अनुसन्धानकर्ता नाथन रुसेरले भने, "हामीले प्राप्त गरेको प्रमाण अनुसार गैरन्यायिक हिरासतमा त्यहाँ मानिसहरु राखिएका छन् भने उनीहरुलाई विभिन्‍न अभियोग लगाइएको छ र उच्च सुरक्षा घेराभित्र बन्दी बनाइएको छ ।"

अन्य ६१ स्थानमा नयाँ हिरासत केन्द्रहरु बनाउन सुरु गरिएको पनि अनुसन्धानले जनाएको छ ।

 सिन्जियाङमा मानवअधिकार हननका घटना सार्वजनिक भएसँगै अमेरिकाले सो क्षेत्रमा उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने जनाएको थियो । अल्पसंख्यक मुस्लिम उइगरहरुको श्रम शोषणबाट उत्पादित सामग्रीमा प्रतिबन्ध लगाउने अमेरिकाले जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ