arrow

डा केसीसँग निशर्त माफी मागी वार्ता गर्न सरकारसँग विवेकशीलको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ९ शुक्रबार
dr-govinda-kc3.jpg

काठमाडौं। विगतमा सरकारसँग भएका सहमतिहरु इमान्दारिताका साथ पालना नभएको अवस्थामा डा. गोविन्द केसी १९ औं सत्याग्रहमा छन्।

सहमति भएका मागहरु कार्वान्वयन नगरिनु र सोका लागि फेरि सत्याग्रह गर्ने अवस्था सरकारी पक्षवाट सिर्जना गरिएकोप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, सत्याग्रहको १२ औं दिनसम्म आइपुग्दा सम्बन्धित पक्ष डा. केसीका मागहरुप्रति संवेदनशील र जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुन नसक्नु खेदपूर्ण रहेको जनाउँदै विवेकशील नेपाली दल डा. केसीसँग तुरुन्त वार्ता सुरु गर्न सरकारसँग माग गरेको छ ।

१९औं सत्याग्रहको क्रममा अनसनरत जुम्लाको एक मन्दिरबाट मध्यरातमा जबरजस्ती रूपमा प्रहरीले उठाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान पुर्याएको र जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा काठमाडौं विमानस्थल बाहिरबाट प्रहरी प्रशासनले डा. केसीमाथि बल प्रयोग गर्दै जवर्जस्ती ट्रमा सेन्टरमा लगिएको कार्यलाई बिरोध जनाउँदै विवेकशिलले खेदजनक भनेको छ । सरकार सत्याग्रहीमाथि कति दुराशयपूर्ण विचार राख्ने रहेछ भन्ने प्रमाणित हुँदै गएको जनाउँदै विवेकशिलले सभ्य समाजमा अस्वीकार्य ती व्यवहारको लागि सरकारले डा. केसीसमक्ष नि:शर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाउन माग गरेको छ ।

डा. गोबिन्द केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनका लागि निरन्तर लागि परिरहेका छन्। केसीले २०६९ सालदेखि अहिलेसम्म १९औं पटक सत्याग्रहलाई निरन्तरता दिएका छन्। डा. केसीसँग अहिलेसम्म गरिएका सम्झौताहरुको इमान्दारिताका साथ पालना गर्न, १९औं सत्याग्रहको मागहरुबारे छलफल गर्न वार्ता समिति गठन गर्न र डा. केसीको जीवन रक्षार्थ कदम चाल्न विवेकशीलका तर्फबाट उपाध्यक्ष अजिता राईले माग गरेकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ