arrow

अपाङ्गताका मुद्दामा साथ दिने शेखर कोइराला र गगन थापाको उद्घोष 

कांग्रेस महाधिवेशनमा वडा तहबाट नै अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग 

logo
प्रकाशित २०७७ असोज १० शनिबार
shekhar-gagan-congress.jpg

धादिङ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा अपाङ्गता भएका व्यक्तिहरुलाई वडा तहबाट नै क्षेत्रिय  प्रतिनिधित्व हुने गरी व्यवस्था गर्न माग गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिहरुलाई सबै तहका कार्यसमितिहरुमा प्रतिनिधित्व गर्ने व्यवस्था भए पनि वडाबाट क्षेत्रिय प्रतिनिधित्व गर्न र क्षेत्रबाट केन्द्रीय तहमा प्रतिनिधित्व गर्न समावेशीता अनुरुप छुट्टै कोटा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 

‘समावेशिताको सवालमा नेपाली कांग्रेसको भूमिका’ बिषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले विधान बनाउँदा अपाङ्गताका सवालमा केही त्रुटी भएको स्वीकार्दै सुधारेर जानको लागि अपाङ्गता भएका व्यक्तिहरुको मागमा साथै रहेको बताए ।

उनले अबको महाधिवेशनमा युवाहरुको प्रतिनिधित्व तल्लो तहदेखि माथिल्लो तहसम्म ६० प्रतिशत हुनुपर्ने बताए । युवाहरुको उर्जा र पाकाहरुको अनुभवले पार्टीलाई बलियो बनाउन सकिने उनको धारणा छ । 

महाधिवशेनमा उर्जाशील र क्षमतावान व्यक्तिहरु जुनसुकै समूहमा भए पनि अधिवेशनपछि एक ढिक्का भएर पार्टीलाई जिवन्त बनाइने बताए ।
  
समावेशिताको कुरा कागजमा मात्र नभएर व्यवहारमा उत्रार्नु पर्ने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताए । समावेशिताको कुरा बिपी कोइरालाको पालामा बोलीमा नभए पनि व्यवहारमा भने रहेको इतिहास सम्झिदै उनले भने, ‘राणा शासनसँग लड्ने बेलाका कांग्रेसका पूर्वका लडाकु सेनाहरु एकै मेसमा खाना खाने सुरुवात गर्यो भने सबै केन्द्रीय तहदेखि मन्त्रिपरिसदमा समेत सबै जातजातिको प्रतिनिधित्व गराएको इतिहास छ । उनले लोकतन्त्रमा संख्याले महत्व राख्ने हुँदा देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सक्रिय सदस्य बनाउन नेतृत्वमा रहेकाहरु लाग्नुपर्नेमा जोड दिए । विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सधै साथमा रहँदै आएको र आगामी दिनमा समेतसँगै रहने नेता थापाले बताए । 

त्यसैगरी नेपाली कांग्रेसमा राष्ट्रियसभाका सभासद प्रकाश पन्थले तल्लो तहबाट अपाङ्गता भएका ब्यक्तिहरुलाई नेतृत्वमा ल्याउनको लागि नेतृत्व विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले समावेशी प्रतिनिधित्वलाई तल्लो तहबाट माथिल्लो तहसम्म अझ बढाएर लैजानुपर्नेमा जोड दिए । 

नेपाली कांग्रेस धादिङ क्षेत्र न १ का सभापति कृष्ण पौडेलले वडा तहबाट नै अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गरेर लैजानुपर्नेमा जोड दिए । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, जिल्ला कार्यसमिति धादिङद्धारा वेव मार्फत आयोजित कार्यक्रमको सभापतित्व अस्विन लम्सालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ