कोभिड १९ का कारण अहिलेसम्म दुई सैनिकको मृत्यु, सक्रिय संक्रमित १६ सय ५६
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १० शनिबार
611
Shares
काठमाडौं। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत एक सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको छ ।
निज जवानलाई असोज ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ती निकालि जनाएको छ।
निजको ८ गते स्वाव परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोभिड १९ सम्बन्धित कारणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
हालसम्म नेपाली सेनामा कुल संक्रमित २ हजार १९७ मध्ये ५३९ निको भएका छन् । सक्रिय संक्रमित भने १६ सय ५६ रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।