arrow

कोभिड १९ का कारण अहिलेसम्म दुई सैनिकको मृत्यु, सक्रिय संक्रमित १६ सय ५६

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १० शनिबार
Death-body-nepali-simbol.jpg.jpeg

काठमाडौं। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत एक सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रवार मृत्यु भएको छ ।

निज जवानलाई असोज ६ गते छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गर्दागर्दै मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ती निकालि जनाएको छ।

निजको ८ गते स्वाव परिक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोभिड १९ सम्बन्धित कारणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

हालसम्म नेपाली सेनामा कुल संक्रमित २ हजार १९७ मध्ये ५३९ निको भएका छन् । सक्रिय संक्रमित भने १६ सय ५६ रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ