arrow

सम्झनाका बलात्कारीमाथि हदैसम्मको कार्वाही गर्न डिला संग्रौलाको माग

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
dila-sangraula.jpg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीया बालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटनाको निन्दा गरेकी छिन् । 

प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको भन्दै संग्रौलाले यस्तो जघन्य अपराधमा संलग्न जो कोहि भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेकी छिन् । 

प्रेस विज्ञप्ति जारी गर्दै उनले, ‘गएका केही महिना यता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विक लगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटनाहरू भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका छन्’ भनेकी छिन् । 

सांसद संग्रौलाले, ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ । तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । भ्रस्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख–जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको छ । यस पृष्ठभूमिमा म पुनः सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरुको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र दलितलगायत सबै समुदायको जीवन रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु’ भनेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ