arrow

यूथ कांग्रेसले भन्यो –जबसम्म गोविन्द केसीका माग पूरा हुन्नन् तबसम्म सडक आन्दोलन जारी रहन्छ

‘म पनि गोविन्द केसी’ अभियान देशैभर 

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
dr-govinda-ke-samarthan.jpg

काठमाडौं । यूथ कांग्रेस नेपालले सत्याग्रही डा गोविन्द केसीको माग सम्वोधन नभएसम्म सडक आन्दोलनलाई जारी राख्ने जनाएको छ । 

यूथ कांग्रेसका केन्द्रीय सदस्य महेश दुलालले डा केसीको मागलाई समर्थन गर्दै अब कुनै पनि हालतमा डा केसीका माग सम्वोधन नभएसम्म सडक आन्दोलनबाट पछि नहट्ने बताएका हुन् । 

यूथ कांग्रेसले देश भर आफ्नो प्रदेश र जिल्ला संयोजकमार्फत ‘म पनि गोविन्द केसी’ भन्दै डा गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउँदै आएको छ। 

दुलालले भने, ‘जबसम्म डा केसीको माग संवोधन हुँदैन तबसम्म यूथ कांग्रेसको प्रदर्शन जारी नै रहने छ ।’

कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी स्वास्थ्यको सम्पूर्ण मापदण्ड पालना गरी, सामाजिक दूरी कायम गरी यो प्रदर्शन जारी रहने पनि यूथ कांग्रेसले जनाएको छ । 

डा केसी भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका छन् । उनको स्वास्थ्य खस्किदै जाँदा सरकारले माग पूरा गर्नेतर्फ कुनै लक्षण देखाएको छैन । 

उनको समर्थनमा ठाउँठाउँमा समर्थन जुलुस निस्किरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ