arrow

थप १५ सय ७३ जनामा कोरोना, १९ हजार पुगे सक्रिय संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ११ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १५ सय ७३ जना नयाँ संक्रमित फेल परेका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना विरामीको उक्त सँख्या फेला परेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा फेला परेको उक्त सँख्या सँगै नेपालमा सक्रिय संक्रमितको सँख्या १९ हजार १९ जना पुगेको जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सँख्या ८ सय ८५ रहेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित भएर निको भई डिस्चार्ज हुनेको सँख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या ४ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको हो ।

हालसरमम कोरोना संक्रमितको कुल सँख्या ७१ हजार २१ पुगेको छ ।

हालसम्म ९ लाख ८८ हजार ३ सय २७ स्वाम परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर विधिबाट स्वाब परिक्षण भएको मन्त्रालयले जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ