arrow

वृक्षरोपण गरेर मनाए केसीले जन्मदिन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ११ आइतबार
arjun-nkc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाएका छन् ।प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, पवित्र विचार, असल कर्म र संस्कारलाई प्राेत्साहन गर्न जन्मदिनमा वृक्षरोपण गर्ने लमजुङकाे बेसीशहरबाट सुरुवात भएको अभियानमा केसीले ऐक्यबद्धता जनाउँदै आफ्नो जन्मदिनमा पनि वृक्षारोपण गरेका हुन् । 

देशमा लाेकतन्त्र स्थापनाकाे लागि नेपाली कांग्रेसले गरेको आन्दाेलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका केसी युवाहरुकाे राजनीतिक गुरु समेत हुन् । नेपाली कांग्रेसका पुर्ब सह-महामन्त्री र प्रवक्ता समेत रहनुभएका केसीले स्वास्थ्य मन्त्रालय लगाएतका ४ मन्त्रालयकाे जिम्मेवारी सम्हालेका थिए। 

आफ्नाे जन्मदिनको अवसरमा काठमाडौंकाे गाेङ्गबुस्थित आफ्नै निवासमा वृक्षरोपण गर्दै अभियानमा ऐक्यबद्धता जनाउँदै पूर्बमन्त्री केसीले अभियानले सकारात्मक रचनात्मक र अग्रगामी साेचविचारकाे विकास गर्दै मानविय कार्यमा प्रेरणा प्रदान गर्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ