arrow

डा.केसीको पक्षमा कपिलवस्तुमा पनि रिले अनशन

logo
मणि प्रसाद गैह्र,
प्रकाशित २०७७ असोज १२ सोमबार
ansan2.jpg

कपिलवस्तु । चिकित्सा क्षेत्रको सुधारको लागि अनशनरत डा. गोविन्द केसीको पक्षमा कपिलवस्तुको चार नम्बरमा पनि रिले अनशन सुरु भएको छ । लामो समयसम्म विभिन्न माग राखेर अनशन बस्दा पनि केसीका माग सम्बोधनमा राज्यले कुनै चासो नदेखाएकाले सरकारलाई दबाब दिन भन्दै स्थानीय युवाहरुले चार नम्बरमा पाल टाँगेर सोमबारबाट रिले अनशन सुरु गरेका हुन् ।

पछिल्लो समय १९ औँ सत्याग्रहमा रहेका  डा केसी जीवन मरणको दोसाँधमा रहँदा जीवन रक्षा गर्ने सबालमा राज्यबाट कुनै चासो नभएको भन्दै उनको  जीवन बचाउन पनि बाध्य भएर यो धर्ना गर्नु परेको अनशनरत युवाहरुले बताएका छन् । 

अनशनमा अहिले तरुण दल तथा नेपाल विद्यार्थी संघका नेता तथा स्थानीय युवाहरुरहेका छन्  । शक्ति सिंह ठकुरी, तिलक थापा,चन्द्रकान्त पोखे्रल, दिनेश क्षेत्री,राज पौडेल, विशाल अधिकारी, निर्मल शर्मा,  लगायतका युवा सहभागी  रहेका छन् । 

डा. केसीको माग पुरा नहुँदासम्म आफूहरु पनि भोकै बसी धर्ना दिइरहने अनशनरत युवा सरोज घिमिरेले बताए । डा गोविन्द केसीको पक्षमा रहन जोकोही पनि अनशनमा सहभागी हुन सक्ने घिमिरेको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुरा गरी एमबिबिएस विषयको अध्यापन गरिनु पर्ने, पिसीआर परीक्षणको दायरालाई ब्यापक रुपमा बढाइनु पर्ने, २०७५ साउन १० गते सरकारसंग भएको सम्झ्यौता कार्यान्वयन गर्नु पर्ने, मुलकमा ब्याप्त बिभिन्न काण्ड तथा घुस काण्डमा संलग्नहरुको छानबिन गरी तुरुन्त कारबाही गरिनु पर्ने लगायतका केसीका माग पुरा गर्न सरकारले तत्काल कदम चाल्नु पर्ने धर्नारत युवाले बताएका छन् । कार्यक्रमको आयोजक गोविन्द केसीका समर्थकहरु भन्ने रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ