arrow

सुनचाँदी व्यवसायीको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
Dead_Body.jpg.jpeg

दमक । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना संक्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको सोमबार दिउँसो मृत्यु भएको हो । मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा सोमबार मृत्यु भएको हो । 

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ