arrow

ओली–बादल निरन्तर गोप्य भेटघाट 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
oli-badal.jpg

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र बढेको किचलो मत्थर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल दुई दिन यता गोप्य छलफलमा जुटेका छन् । 

पार्टीभित्रका शक्तिशाली तीन समुह ओली, प्रचण्ड र माधव नेपाल समुह आआफना निकट नेताहरुसँग दिनहुँ छलफलमा हुने भएपनि चौथो गुट चलाउने वादल समूह भने त्यतिधेरै छलफलमा सहभागी हुँदैनन् । तर प्रधानमन्त्री ओलीसँगको निकटता भने उनले कायम राख्दै तीन दिनदेखि गोप्य छलफलमा जुटेका छन्। ‘उहाँ गृहमन्त्री भएकाले प्रधानमन्त्रीसँगको भेटमा सहज भएको छ, पार्टीको सचिवालय सदस्य समेत भएका नाताले मन्त्रिपरिषद पुर्नगठनको विषयमा पनि ओलीले वादलसँग छलफल गरिरहनु भएको हो’, वादल निकट एक नेताले भने । उनका अनुसार आइतबारको मन्त्रिपरिषद बैठक सकिएपछि ओलीले दुई घण्टासम्म वादलसँग छलफल गरेका थिए । वादल निकट नेताका अनुसार सोमबार पनि ओली वादल छलफल भएको थियो । 

आन्तरिक विवाद चलिरहेका बेला गृहमन्त्री समेत रहेका सचिवालय सदस्य वादलले ओलीलाई भित्री रुपमै साथ दिएका थिए । विवादकोबीचमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल भेटघाटका लागि बोलाए जाने तर सरकारकै गृहमन्त्रीमा रहदासम्म ओली विरुद्धका आन्तरिक छलफलमा सहभागी नहुने भन्दै प्रचण्ड माधव नेपालले बोलाएको समुहगत छलफलमा सहभागिता जनाएका थिएनन् । पार्टीभित्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल दबै पक्षबाट महाधिवशेनसम्म छलफलका लागि स्थगित राखिएको जनताको बहुदलीय जनवाद (जबज) अब बहसमा लैजानुपर्ने र महाधिवशेनबाट समाजवादको यात्रासम्म पनि जबजलाई नै पार्टीको राजनीतिक कार्यदिशा बनाउनु पर्ने बताउन थालेपछि प्रचण्डले आफु निकट नेताहरुलाई छलफलका लागि बोलाएका बेला पनि वादल भने सहभागी थिएन । ‘कार्यकारी प्रमुखले भेटघाटका लागि बोलाउदा उहाँ जानु स्वाभाविक हो, त्यतिमात्र होइन वादल गृहमन्त्रीसमेत भएकाले मन्त्रालयगत छलफल पनि हुन्छ, मन्त्रिमण्डल पुर्नगठनको विषय पनि चलिरहेकाले वादलसँगको छलफल पनि महत्वपूर्ण हुन्छ’, वादल निकट सदस्यले भने । वादलले आफ्नो समूहकी मूख्य नेता पम्फा भूषाललाई मन्त्री बनाउन जोड गरिरहेका छन् । 

‘आइतवारको क्याबिनेट सकेपछि प्रधानमन्त्रीले गृहमन्त्रीज्यूलाई छुट्टै भेटन बोलाएको सही हो, उहाँसँगको भेटघाटपछि प्रधानमन्त्रीज्यूले उर्जामन्त्री वर्षमान पुनसँग पनि भेटघाट गर्नुभएको हो’, वालुवाटार निकट स्रोतले भन्यो । तर पूर्व माओवादीका अन्य मन्त्रीहरुसँग भने प्रधानमन्त्रीले कुनै छलफल गरेका थिएनन । 
प्रधानमन्त्रीसँग मन्त्रीहरुका आन्तरिक भेटघाट, छलफलहरु भईरहन्छन, यो स्वभाविक पनि हो, तर त्यसरी गुटगत रुपमै बसेको भन्ने होइन, ओली निकट एक मन्त्रीले भने । वादल अहिले दुई अध्यक्ष मिलेर जानुपर्ने पक्षमा देखिन्छन् । पार्टीको आन्तरिक विवादमा वादलले प्रधानमन्त्रीलाई साथ दिदै आएका थिए । उनी केपीको सरकारलाई हटाउन नहुने पक्षमा रहेका थिए । पछिल्लो समयमा प्रधानमन्त्रीले वादललाई रक्षा मन्त्रालयमा पठाएर गृहमा वामदेव गौतमलाई ल्याएर पार्टीको विवाद मिलाउन चाहन्थे तर गौतमले आफूलाई अर्थ मन्त्रालय नै दिनुपर्ने भन्दै गृहमा जान अस्वीकार गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ