arrow

सम्झनाका हत्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्

logo
प्रकाशित २०७७ असोज १३ मंगलबार
SAMJHANA-BK.jpg

बझाङ । बझाङ प्रहरीले  सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाको हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो । 

यही  असोज ७ गते  मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । 

अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि जबर्जस्ती करणी गरेको जाहेरी  परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई जबर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा  प्रहरी नायब उपरीक्षक रुपक खड्काले  बोहराले बलात्कारपछि हत्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन्  ।

 आरोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अपराध गरेको भए फाँसीको सजाय दिन सकिने भए पनि दिनुपर्ने  बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ