arrow

कांग्रेस नेता गगन थापाको प्रश्न, 'राजदुत पाण्डेको अभिव्यक्ति सरकारको धारणा हो की होइन?' 

'राजदुत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १३ मंगलबार
gagan-thapa_(2).jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले चीनका लागि नेपाली राजदुतको अभिव्यक्ति सरकारको आधिकारिक धारणा हो की होईन भनि परराष्ट्र मन्त्रालायलाई सोधेका छन्। 

पूर्व परराष्ट्रमन्त्री समेत रहेका राजदुत महेन्द्र पाण्डेको नाम नलिई कांग्रेस नेता थापाले चिनियाँ राजदुतले दिएको अभिव्यक्ति सरकारको धारणा हो वा होइन भनी सरकारलाई नै सोधेका छन् । 

राजदुत पाण्डेले चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्समा दिएको गैर कुटनीतिक अभिव्यक्तिको राजनीतिक र कुटनीतिक वृत्तमा आलोचना भइरहेको छ । कुटनीतिज्ञ तथा कुटनीतिक मामिलाका जानकारहरुले सरकारले यस बारेमा आफ्नो धारणा स्पष्ट गर्न दवाव बढाएका छन्।

कांग्रेस नेता थापाले चीनका लागि नेपाली राजदुतले ग्लोबल टाईम्समा दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरित भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई राजदुत पाण्डेको त्यो अभिव्यक्ति नै सरकारको आधिकारिक धारणा हो वा होईन भनेर सोधेका हुन्। पाण्डेको अभिव्यक्ति सरकारको आधिकारीक धारणा होइन भने परराष्ट्र मन्त्रालयले आफ्नो धारणा स्पष्ट गर्न समेत थापाले माग गरेका छन्।

कांग्रेस नेता थापाले अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदुतबाट हलुका टिप्पणी सदा अवांछनीय हुने बताए। थापाले ट्वीट गर्दै भनेका छन्, 'यतिखेर भारत-चीन,नेपाल-भारत र नेपाल -चीन सम्बन्ध यथास्थितिभन्दा अलि फरक र जटिल बन्दै गएको छ । यो समयमा राजदुत पाण्डेको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको कुटनीतिक कौशलमा समेत प्रश्न उठाउँछ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ