arrow

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
Dead_Body.jpg.jpeg

रुपन्देही ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक  कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ निवासी ५० वर्षीया कोरोना भाइरस संक्रमित  महिलाको मृत्यु भएको छ । उनको बिहान ३:३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।  उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । 

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताउनुभयो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ