arrow

अयोध्याको बाबरी मस्जिद तोडफोड अप्रत्याशिल रहेको अदालतको फैसला, आणवाणी सहित ३२लाई सफाई

२८ बर्षपछि फैसला

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १४ बुधबार
lal-krishna-advani.jpg

काठमाडौं। सीबीआईको बिशेष अदालतलले बाबरी मस्जिद तोडफोडको घटना पूर्व नियोजित नभइ अचानक भएको फैसला सुनाउँदै सबै आरोपितहरुलाई सफाइ दिएको छ। अदालतले अराजक तत्वहरुले बाबरी मस्जिद तोडेको बताएको छ। 

भाजपाका बरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री लालकृष्ण आणवाणी, पूर्वमन्त्री मुरलीमनोहर जोशी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह, साध्वी ऋतम्भरा, विनय कटियार, साक्षी महाराज, उमा भारती, महन्त नृत्यगोपाल दास, रामविलास वेदान्ती, आचार्य धर्मेन्द्र सहित ३२ आरोपितलाई अदालतले सफाइ दिएको हो।

२३ सय पेजको फैसला सुनाउँदै अदालतले राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दु परिषदलाई मस्जिद भत्काउने कार्यमा दोषी नरहेको ठहर गरेको हो । अदालतले संघ र परिषदले भीडलाई रोक्न खोज्दा खोज्दै अप्रत्याशित रुपमा घटना भएको फैसला अदालतले दिएको छ ।  घटना भएको २८ बर्षपछि लखनउस्थित सीबीआईको बिशेष अदालतले यो फैसला सुनाएको हो ।  

यहि बीचमा भारतको सर्वोच्च अदालतले मस्जिद भत्काइएको ठाउँमा रामजन्मभूमी रहेको फैसला सुनाउँदै सो ठाउँमा राम मन्दिर बनाउन मिने फैसला सुनाइसकेको छ। यहि फैसला पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउन शिलान्यास समेत गरि मन्दिर निमार्ण कार्य शुरु भइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ