arrow

प्रदेश-५ सडक दुर्घटनामा चुनौती, ३ महिनामै ४४ जनाले ज्यान गुमाए

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १४ बुधबार
gadi-accident.jpg

रुपन्देही । प्रदेश ५ मा कोरोना भाईरस, सँगै सडक दुर्घटनाको अवस्था ठूलो चुनौतीको रुपमा देखिएको छ । प्रदेश नं.५आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार पारेको ३ महिनाको अवधिमा कोरोना महामारी बाट ५८ जनाले ज्यान गुमाउँदा सडक दुर्घटना बाट मृत्यु हुनेको संख्या ४४ जना रहेको छ । 

सवारी दुर्घटनामा परी ६ सय ४६ जना घाइते भएका छन् । चालु आर्थिक वर्ष २०७७-७८ को साउन १ गते देखि असोज ११ गते सम्म ७३ दिनको अवधिमा भएका विपद्का घटनाहरु विश्लेषण गर्दा कोरोना महामारी सँगै सडक दुर्घटना अर्को ठूलो चुनौतीको रुपमा देखिएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार साउन महिनामा ३ जना कोरोना संक्रमितको मृत्यु हुँदा ३२ जना सवारी दुर्घटनामा परी मृत्यु भएका छन् । भने ३५५ जना घाइते भएका छन् । भदौ महिनामा ३७ जना कोरोना संक्रमितको मृत्यु हुँदा १६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । 

२७६ जना घाइते भएका छन् । त्यसैगरी असोज महिनाको ११ गते सम्मको तथ्याङ्क अनुसार १५ जना कोरोना संक्रमितको मृत्यु हुँदा ५ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ, भने ९५ जना घाइते भएका छन् ।

सो अवधिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेको संख्या २० जना रहेको छ । प्राकृतिक प्रकोप अन्र्तगत पहिरोमा परी १८ जनाले ज्यान गुमाएका छन् । भने १६ जना घाइते भएका छन् । यस्तै चट्याङका कारण २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

यसैगरी ७२ निजी घर बाढी पहिरोले पूर्ण क्षति भएका छन् भने ३७ घरमा आंशिक क्षति पुगेको छ । सोही अवधिमा ४ वटा सार्वजनिक भवन पूर्ण रुपमा क्षति भएको छ, भने ३ वटा भवनमा आंशिक क्षति पुगेको छ । खोलाले बगाउँदा १९ जनाको मृत्यु भएको छ, भने १ जना घाइते भएका छन् । 

आगलागीमा परि १ जनाको ज्यान गएको छ, भने १ जना घाइते भएका छन् । प्रदेशमा सोही अवधिमा सवारी दुर्घटना तथा बाढी पहिरोमा परेर १ हजार ३ सय ९७ पशु चौपायले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ