arrow

गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अघी धर्ना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १४ बुधबार
nc-bp-court.jpg

काठमाडौ । नेपाली कांग्रेस बीपीले संविधानको बिरुद्ध हुने गरि राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने निर्णयको खारेजको माग गर्दै सर्वोच्च अदालत अगाडि धर्ना दिएको छ । पार्टीले संविधानको खिलापमा गइ जनमतको अपमुल्याङ्कन गर्ने कार्यमा अंकुश लगाउन अदालतसँग आग्रह गरेको छ ।

जनमत नस्विकार्ने हो भने निर्वाचनमा राज्यको सम्पत्ति किन दुरुपयोग गरियो ? जनमतबाट अस्विकार भएका नेताहरूलाई चोर बाटो प्रयोग गरि संसद मन्त्री बनाउने कार्य बन्द गरियोस, अधिवक्ता दिनेश त्रिपाठि र बद्रीराज भट्टले दायर गरिएको रिट सुनुवाई होस, संविधान भन्दा बाहिरको निर्णयले गलत नजिर स्थापित हुने सम्माननिय न्यायाधीशहरुमा चेतना भया जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरिनु संविधानको विरुद्धमा भएको भन्दै दायर गरिएको रिटको बुधवार सर्वोच्च अदालतमा सुनुवाई हुँदै गर्दा नेपाली कांग्रेस बीपीका महामन्त्री तथा पुर्व मन्त्री सुशीलमान सेरचनको नेतृत्वमा गएको समुहले प्लेकार्ड सहित सर्वोच्च अदालत अगाडि धर्ना दिएको हो । गौतमको बिरुद्ध परेको मुद्धा हेर्दाहेर्दैमा रहेकोले बिहिवार पुनः सुनुवाई हुनेछ। 

निषेधित क्षेत्र सर्वोच्च अदालत अगाडि बसेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाई माइतीघर मण्डला पठाएपछि त्यहि धर्नामा बसेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ