arrow

संक्रमण भएर निको भएकी महिलामा फेरी देखियो कोरोना

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
covid-test-positive-corona.jpg

सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना संक्रमितमा कोरोना परीक्षण गर्दा पुनः संक्रमण पुष्टि भएको छ । 

नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।

  एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ भएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । ती युवतीको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ  । 

यस्तै एउटै जहाजमा आएका विद्युत् कार्यालयका दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनीहरुको पनि स्वास्थ्यावस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्ला स्रोतले जनाएको छ ।

 कोरोना संक्रमित सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ । हुम्लामा तीन सक्रिय कोरोना संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ