arrow

सप्तरीका एक पुरुषको भक्तपुरमा कोरोनाबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
corona-killed-final.jpg

भादगाउँ । भक्तपुर अस्पतालमा उपचाररत  एक  पुरुषको कोरोना संक्रमणबाट बिहिबार मृत्यु भएको छ ।  

खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना भएका थिए। 

उपचारका क्रममा उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए । 

 संक्रमण पुष्टि भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ