arrow

डा. केसीसँग सार्थक वार्ता गर्न माग

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
dr-kc-bheri.PNG

काठमाडौं ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।

“डा गोविन्द केसी १९ औँ अनशन बसेको १८ दिन पूरा भएको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ