arrow

उपत्यकामा सोह्र सय अठतीसमा संक्रमण, एघार जनाको मृत्यु

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
ktm-vacle.jpg

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३८  संक्रमित थपिएका छन् । यो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा  संक्रमणमित थपिएका हुन् ।

देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा  दुई हजार ७२२ जनामा संक्रमणमण पुष्टि भएको  मन्त्रालयले शुक्रबार जनाएको छ । योसँगै कूल संक्रमणमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ ।  हालसम्मकै उच्च कोराना संक्रमणमण पुष्टि भएको छ ।

साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना  कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए  । यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ । 

 देशभर २१ हजार २३४ जना सक्रिय संक्रमणमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।  

थप ११ को निधन
पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको  छ । योसँगै  संक्रमणमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ ।  आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ ।  कुल संक्रमणमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ