arrow

नेपालगञ्जमा फेरि एक २५ बर्षीया संक्रमित महिलाको मृत्यु

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
bheri-hospital_aAVprgHTIO.jpg

नेपालगञ्ज । नेपालगञ्जमा आज फेरि एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

 धनगढी उपमहानगरपालिका २ सन्तोषी टोल स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँ बस्ने २५ वर्षीया महिलाको शुक्रबार साँझ ४.४५ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । भदौ ३० गते उनमा कोरोना पुष्टि भएको थियो ।  उनी नेपालगन्जस्थित निदान डाइग्नोष्टिक सेन्टरको लेखा शाखामा कार्यरत थिइन् ।

 योसंगै बाँकेमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ