arrow

छोराछोरी लिएर खोलामा नुहाउन गएका दम्पत्तिसहित परिवारलाई बगायो

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
water-kill.jpg

बाजुरा । हिमाली गाउँपालिका – ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन् ।

शुक्रबार अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। 

बेपत्ता हुनेमा पाँच वर्षीया आरती,  चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान  र  एक वर्षीया किस्मती रहेको बताइएको छ  ।सोही खोलामा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ