arrow

ज्वरो देखिएका दुई जनाको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
Dead_Body.jpg.jpeg

भरतपुर । चितवनमा शुक्रबार थप दुई जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो । 

यस्तै शुक्रबारै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनीलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसंगै चितवनमा कोरोनाबाट  मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय संक्रमितको सङ्ख्या एक हजार नाघेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ