arrow

पूर्वमा पनि शुक्रबार सबैभन्दा धेरै संक्रमित

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
covid-test-corona.jpg

झापा ।  नेपालमा शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् ।  एकै दिनमा २७ सय २२ जनामा कोरोना पुष्टि भएको यो पहिलो हो । कोरोना पुष्टि हुनेको उक्त सँख्या २४ घण्टामा देखिएको संख्यामा अहिलेम्मकै धेरै हो । त्यस्तै पू्र्वको प्रदेश  प्रदेश १ मा  हालसम्मकै धेरै संक्रमित फेला परेका छन् । 

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो । 

थपिएका संक्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश  बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् । 

यसप्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ ।  हालसम्म तीन हजार ४३८  निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ