arrow

काठमाडौं आउदै गरेको ट्रक त्रिशुलीमा खस्यो

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
trisuli-accident.png

काठमाडौं । काठमाडौं आउदै गरेको ट्रक त्रिशुली नदीमा खसेको छ ।   भैरहवाबाट काठमाण्डौआउदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक शनिबार बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसेको हो । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै त्रिशुलीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन् ।  

दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

इलाका प्रहरी कार्यालय  मुग्लिन र सशस्त्र प्रहरी बल  विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि  धादिङको गजुरी अस्पताल पठाएको  ट्राफिक प्रहरी कार्यालय  मुग्लिनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ