arrow

प्रदेश राजधानीको विरोध: कांग्रेस सडकमा टायर वाल्दै, नेकपा फेसवुकमा स्टाटस लेख्दै

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १८ आइतबार
butwal-birodh.PNG

रुपन्देही । प्रस्तावित दाङ स्थायी राजधानीले यतीवेला रुपन्देहीका विभिन्न स्थानमा आईतवार (आज) वन्द आह्वान जारी गर्दै, चोकचोकमा टायर वालेर विरोध प्रर्दशन गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयोजना गरेको रुपन्देही बन्दको प्रभाव आईतवार (आज) बिहानै देखि परेको छ ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिवार साँझ एक सुचना जारी गर्दै, बुटवलमा रहेका प्रदेशका सरकारी कार्यालय क्षेत्रमा निषेधाज्ञा गर्दै, कुनै सभा, सम्मेलन तथा नारा जुलुस गर्न नपाईएको जनाएको थियो। तर, नेपाली कांग्रेस पार्टीले जारी गरेको बन्द र जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशित गरेको निषेधाज्ञामा संयुक्त संघर्ष समिति सञ्जाल रुपन्देहीले बुटवलमा विरोध प्रर्दशन गर्नुको साथै कोणसभा गरेको छ ।

प्रदेश नं. ५ को स्थायी राजधानी वनाउनका लागि प्रदेश सभामा दाङको भालुवाङ्ग प्रस्ताव पेश भएपछि प्रदेश–५ को अस्थायी राजधानी बुटवलमा नेपाली कांग्रेसले त्यसको विरोधमा गत शुक्रवार देखि नै असन्तुष्टि पोख्दै विरोधका गतिविधि गर्दै आएको छ ।

तर सो प्रस्तावको वारेमा कांग्रेस रुपन्देही खुलेरै सडकमा विरोध प्रर्दशनमा उत्रिरहेको वेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताहरु भने सडकमा नआएर सामाजिक सञ्जाल प्रयोग गर्दै, केही कार्यकर्ता फेसवुक स्टाटस लेख्नमा व्यस्त छन् भने, प्रायजसो मौन वसेको पाईएको छ ।

अन्य विषयमा खुलेरै वन्द र विरोध सभा गर्नेमा अग्रसर हुने नेकपाका कार्यकर्ताहरु अस्थायी राजधानी बुटवललाई स्थायी राजधानी वनाउनु पर्छ भन्ने पक्षमा वाहिर आएर वोल्न नसक्नुलाई यहाँका सरोकारवाला पक्षले विभिन्न कोण वाट हेरेको विरोध प्रर्दशनमा सहभागी एक व्यक्तिले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ