arrow

आन्द्रा फुटेका दैलेखका पुरुषको कोरोनाबाट कोहलपुरमा मृत्यु

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
Dead_Body.jpg.jpeg

नेपालगञ्ज । दैलेखका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

नारायण नगरपालिका ८ दैलेखका ५१ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनी गएराति पौने १ बजे भर्ना भएका थिए । आन्द्रा फुटेको समस्या भएका ती पुरुषलाई कोरोना पुष्टि भएपछि कर्णाली प्रदेश अस्पतालले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरेको थियो ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार विहान साढे ४ बजे मात्र कञ्चनपुरकी कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ