arrow

प्रदेश राजधानीमा लफडाः गिरफ्तार कार्यकर्ता बिना सर्त छाड्न नेविसंघको माग 

logo
प्रकाशित २०७७ असोज १९ सोमबार
nebisangh-flag.jpg

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी सम्बन्धमा सरकारको निर्णयपछि बुटवलमा भैरहेका प्रदर्शन, सरकारी दमन र धरपक्कडप्रति नेपाल विद्यार्थी संघ नेविसंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । छलफल, संवाद, वार्ता र सहमतिको माध्यमबाट निकास खोज्ने र सकारात्मक एवं यथोचित मागलाई उचित सम्बोधन गर्नको सट्टा उल्टै धरपकड‌, दमन, कर्फ्यु  र सत्ताको आडमा बर्बरतापूर्वक बल प्रयोग गर्न उद्धत हुनु सरकारको पराजित मानसिकताको उपज भएको नेविसङ्घले बताएको छ । 

संघको तर्फबाट महामन्त्री बलदेब तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण ढंगबाट छलफल गरिरहेको अबस्थामा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कॉंग्रेसका नेताहरु बिष्णु पोखरेल, हरिलाल पाण्डे, शिव गैरे, ज्ञानेन्द्र कार्की, प्रकाश गैरे, पत्रकार कमला पाण्डे लगायतलाई गरिएको गिरफ्तारीप्रति घोर भर्त्सना गर्दै तत्काल बिना सर्त रिहाईको माग गरिएको छ ।

गिरफ्तार गरिएका सम्पूर्ण नेताहरुको रिहाइ र वार्ताको वातावरण बनाउन  सरकारसंग आग्रह गर्दै अन्यथा नेविसंघको नेतृत्वमा कडा संघर्षमा उत्रने चेतावनी महामन्त्री तिमल्सिनाले दिएका छन् ।

प्रदेश राजधानीले निम्त्यायो द्धन्द्ध, साविक लुम्बिनी अञ्चल बन्द आह्वान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ